जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार १४:०५

पदमा रहँदा राष्ट्रवादको पक्षमा छाती फुलाएर निर्धक्कसँग बोल्ने प्रधानमन्त्री केपी ओली मात्रै हुन


काठमाडौं, मंसिर १९ । पूर्वसचिव एवं सामाजिक सञ्जालका भाइरल म्यान भीम उपाध्यायले प्रधानमन्त्रीको पदमा रहँदा नेपालको राष्ट्रियताको पक्षमा निर्धक्कसँग बोल्ने जिवित मानिस केपी शर्मा ओली मात्रै भएको बताउनु भएको छ ।

सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लगातार प्रहार गर्दै आउनु भएका उपाध्यायले चुनाव सकिएलगत्तै प्रधानमन्त्री भएको बेला राष्ट्रको पक्षमा बोल्ने चार जना मात्रै प्रधानमन्त्री रहेको भन्दै ओलीको नाम लिनुभएको छ ।

उपाध्यायले टंकप्रसाद आचार्य, किर्तिनिधि बिष्ट, मरिचमान सिंह र केपी शर्मा ओली मात्रै राष्ट्रवादको पक्षमा थिचोमिचोबिरुद्ध छाती फुलाएर खुलेर निर्धक्कसँग बोलेका प्रधानमन्त्री भएको बताउनु भएको छ ।

उपाध्यायले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मेरो बिश्लेषणमा नेपालमा अहिलेसम्मका राष्ट्रवादको पक्षमा थिचोमिचोबिरुद्ध छाती फुलाएर खुलेर निर्धक्कसँग बोलेका ४ जना प्रधानमन्त्री भए : टंकप्रसाद आचार्य, किर्तिनिधि बिष्ट, मरिचमान सिंह र केपी ओली । प्रधानमन्त्री नहुँदा वा सरकारमा नहुँदा त सवै राष्ट्रवादी नै हुने गरेका हुन्छन ।’

उपाध्यायले नाम लिएका प्रधानमन्त्रीमध्ये ओली मात्र जिवित हुनुहुन्छ । अन्य तीन जना पूर्वप्रधानमन्त्रीको निधन भइसकेको छ । उपाध्यायको यो भनाईले नेपालमा रहेका पूर्वप्रधानमन्त्रीहरुमध्ये हाल एमाले अध्यक्ष ओली मात्रै राष्ट्रवादको पक्षमा छाती फुलाएर निर्धक्कसँग बोल्ने प्रधानमन्त्री केपी ओली मात्रै हुनुहुन्छ ।

यस्तै उपाध्यायको भनाईले सत्ता गठबन्धनमा आवद्ध प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईले आफ्नो कार्यकालमा राष्ट्रियताको बारेमा कुनै अडान राख्न नसकेको र थिचोमिचोसामू नबोलेको तथ्यलाई पनि उजागर गरेको छ