जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार १४:३५

म अलिकत्ति पनि बिचलित छैन, दोलखाली जनताको मायासामू मेरो हार धेरै सानो बिषय हो : बालकृष्ण शिवाकोटी (भिडियोसहित)


तारादेवी बस्नेत/दोलखा। नेकपा एमाले को तर्फबाट दोलखाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले चुनावमा जीत हार स्वभाविक रहेको भन्दै आफू कत्ति पनि बिचलित नभएको बताउनु भएको छ ।

चुनावको परिणाम आउँदा ३१७ मतले गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीसँग पराजीत हुनुभएका शिवाकोटीले आफ्नो हारलाई लिएर जिल्लाका कुनै पनि नेता कार्यकर्ताले राजीनामा दिन नपर्ने पनि प्रष्ट पार्नुभएको छ ।

परिणामपछि कुरा गर्दै एमाले बागमति प्रदेश कमिटीका सदस्यसमेत रहनुभएका नेता शिवाकोटीले दोलखाली जनताको मायासामू आफ्नो पराजय निकै सानो बिषय रहेको बताउनु भयो ।

‘जननेता मदन भण्डारीले भन्नुभएको थियो–जनताले यदि मत दिएर बिजय गराए भने चियरमा बसेर काम गर्नु, मत दिएर बिजय गराएनन भने भुईमा बसेर फेरि काम गर्नुपर्छ । म यही मान्यताअनुसार अघि बढेको मानिस हो,’ शिवाकोटीले भन्नुभयो र शिवाकोटीले आफू सदैव दोलखालीको मायाप्रति आभारी रहने पनि बताउनु भएको छ ।

‘जनताको मनमा बस्ने सौभाग्य पाएका छौं । दोलखाली जनताको मायालाई म कहिल्यै बिर्सन सक्दिन । आमा बुवा, दाजुभाई दिदीबहिनीको जुन माया पाएको छु, मैले जीवनमा पाएको सवैभन्दा ठूलो कुरा यही हो । यो मायामा कँही तलमाथि नहोस भन्नेमा बिशेष सतर्क छु । म हारेको कारणले कसैले राजीनामा दिनुपर्दैन,’ उहाँको भनाई छ ।

सुन्नोस भिडियो