जनता टाइम्स

२० मंसिर २०७९, मंगलवार १९:१२

स्थिर सरकारको पक्षमा एमाले, बाहिरै बसेर कांग्रेसको एकल सरकार बन्न दिने प्रष्ट संकेत


काठमाडौं, मंसिर २० । सत्तारुढ गठबन्धन मिलेर जाने बताइरहँदा नेकपा एमाले भने स्थिर सरकारको पक्षमा उभिएको छ । सत्तारुढ गठबन्धन दर्बिलो गरी अघि बढ्ने निर्णय लिइरहेको बेला एमाले स्थिर सरकार बनाउने गरी नेपाली कांग्रेसलाई सत्ता बाहिरै बसेर समर्थन गरी ५ बर्ष नै सरकार चलाउने गरी अघि बढने दिशातिर उन्मुख भएको हो ।

धेरै साना दललाई समटेर जानुभन्दा दुई ठूला दल मिलेर पाँच वर्षलाई स्थिरता दिनुपर्ने पक्षमा एमाले नेतहरु उभिन थाल्नुभएको हो ।
एमालेका नेताहरूले कांग्रेसलाई एकल सरकार बनाउनसमेत आफूहरूको सहयोग हुने प्रस्ताव राखेका छन । एमाले सचिवालयका एक नेताले भने, ‘कांग्रेसले पाँचै वर्षका लागि सरकार बनाओस । हाम्रो पूर्ण समर्थन रहन्छ । हामी पार्टी सुदृढीकरणमा जुटछौं ।’

सत्तारुढ गठबन्धनको बहुमत नभएको र माओवादीले बार्गेनिङ गरिरहेको कारण कांग्रेस पनि एमालेको समर्थनमा सरकार बनाउन लचक छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निकटका नेता यो गृहकार्यमा व्यापक रूपमा लागेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता प्रकाशमान सिंहले भेटघाट गरिसक्नु भएको छ भने अन्य नेताहरुबीच पनि बार्ता चलिरहेको छ ।

स्रोतका अनुसार एमाले नेताहरुले कांग्रेसलाई ५ वर्षकै लागि एकल सरकार बनाउन लिखित सहमति नै दिने प्रतिबद्धता पनि जनाएको छ । हालसम्म प्रत्यक्षतर्फ १६५ सिटको निर्वाचनको परिमाण आइसकेको छ ।

निर्वाचनको अन्तिम परिणामअनुसार प्रत्यक्षमा ५७ सिट जितेर कांग्रेस पहिलो दल भएको छ भने एमाले दोस्रो हुँदै ४४ सिट जितेको छ । यता समानुपातिकमा सबैभन्दा धेरै मत एमालेले ल्याएको छ। उसले ३४ सिट पाउने सम्भावना छ भने कांग्रेस समानुपातिकमा दोस्रो भएको छ ।

कांग्रेसले ३२ सिट पाउन सक्छ । कांग्रेसको ८९ र एमालेको ७८ सिट हुने देखिएको छ । कांग्रेस र एमाले मिल्दा १६७ हुन्छ । एमाले र कांग्रेस मिलेमा दुई दलकै स्पष्ट बहुमतसहितको सरकार बन्छ ।

एमाले भने सरकार नजाने तर कांग्रेसलाई बाहिर बसेर समर्थन गर्न तयार भएको छ ।
एमालेले चुनाव अगावै बलियो राष्ट्रिय शक्तिको पक्षमा दृढतापुर्वक उभिएको छ । सोही आधारमा गठबन्धनको सरकार नाएर मुलुकमा लुटपाट मच्चाउन दिनुभन्दा बाहिर बसेर पाँच बर्ष नै कांग्रेसको सरकार बन्न दिने दिशामा एमाले गएको हो ।