काठमाडौं, मंसिर २१ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ ।
आयोगले आज दिउँसो समानुपातिकतर्फको अन्तिम सिट संख्या सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विवरणअनुसार प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा एमाले ले पाएको छ ।
एमालेले केन्द्रमा ३४ र प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ । समानुपातिकमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सवैभन्दा बढी सिट पाएको हो । यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेश सभामा ६४ सिट गरी ९६ सिट पाएको छ ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ सिट र प्रदेशमा २९ सिटसहित ४३ सिट पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा १३ सिट पाएको छ । प्रदेश सभामा उसले उम्मेदवारी दिएको थिएन ।
प्रतिनिधि सभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न प्रदेश सभामा ९ सिट पाएको छ ।
प्रतिक्रिया दिनुहोस्