जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार १८:४६

बैतडीमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु


धनगढी, २१ मंसिर । बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भीरबाट लडेर उनको मृत्यु भएको हो ।

आज दिउँसो घाँस काट्न भीरमा जानुभएको अन्दाजी ६० वर्षीया गोमती साउँदको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यदु भट्टले जानकारी दिनुभयो ।