जनता टाइम्स

२३ मंसिर २०७९, शुक्रबार १३:११

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौं, २३ मंसिर । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाटन नगरपालिका–१० मा आज बिहान भएको जिप दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिप चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का ३६ वर्षीय तेजबहादुर साउद रहेका प्रहरीले जनाएको छ । जिप सडकबाट १५० मिटर तल खसेको र जिपमा अन्य यात्रु सवार नरहेको प्रहरी चौकी खोड्पेले जनाएको छ ।