जनता टाइम्स

२३ मंसिर २०७९, शुक्रबार १३:१७

समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले बैठक स्थगित


काठमाडौं, २३ मंसिर । समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ । बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो ।