जनता टाइम्स

२६ मंसिर २०७९, सोमबार ०८:३८

समानुपातिक सूचीमा कांग्रेस-एमाले-माओवादीसहित पाँच दलको त्रुटि


काठमाडौं, मसिर २६ । कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाको बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेका छन । नाम छनोटमा त्रुटी देखिएपछि ती दललाई नाम सच्याएर पेस गर्न आयोगले पत्र लेखेको छ ।

पाँच दलले समानुपातिक प्रणालीतर्फ बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेका हुन । ती दललाई नाम सच्याएर पेस गर्न आयोगले आइतबार पत्र लेखेको छ । आयोगको तथ्यांकअनुसार कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले नाम छनोटमा त्रुटि गरेका छन । समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेका अनुसार यी दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि भेटिएको छ । बताए । दलहरूलाई त्रुटि सच्याउने समय आज अपराह्न ४ बजेसम्म छ ।

एक सय १० सिट भएको प्रतिनिधिसभामा भने दलहरूले छनोट गरेर बुझाएको नामावली पूर्ण रूपमा मिलेकाले सच्याउन नपर्ने आयोगले जनाएको छ । समानुपातिकतर्फ पाएको मतका आधारमा निर्धारण भएको सिट संख्यामा उम्मेदवार निर्वाचित गर्न आयोगले शनिबारसम्म समय दिएर दलहरूबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि नामावली मागेको थियो । आयोगले आज दिउसो ४ बजेसम्म त्रुटि सच्याउन समय दिएको छ ।