चितवन, मंसिर २६ । चितवनको एक विवाहमा भोज खाएका पाँच सय जना एकसाथ बिरामी परेका छन्। भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत मंसिर २३ गते बिहेभोज खाएका उनीहरू सवै बिरामी परेका हुन्।
भोज खाएपछि बिरामी भएकामध्ये ३० जना भन्दा बढी उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन्। अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभागी ६५ जना अस्पताल आइपुगेको बताउनु भयो।
एउटै भोजमा सहभागी भएर पखला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पताल आउने उपचार गर्ने जाने क्रम अहिले पनि चलिरहेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकहरुले फुड पोइजनका कारण बिरामी परेको हुनसक्ने जनाएका छन ।
बिरामी परेकाहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको विवाहमा सहभागी भएका थिए। ढकाल र अधिकारी पनि सामान्य बिरामी भएका छन्। उपचाररत बिरामीहरुले फूड पोइजनको विषयमा छानबिन हुनुपर्ने र उपचार खर्च होटलले व्योहोर्नुपर्ने माग गरेका छन्।













प्रतिक्रिया दिनुहोस्