काठमाडौं, २९ मंसिर । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय आज चन्द्रागिरि पुग्नुभएको छ । परिवारसहित चन्द्रागिरि पुग्नुभएको ओबरायले त्यहाँ भालेश्वर मन्दिरमा पूजाअर्चनासमेत गर्नुभयो ।
झण्डै दुई घन्टा चन्द्रागिरिमा बिताउनुभएको उहाँ काठमाडौं फर्किनुभएको छ ।
उहाँ यहाँबाट आजै पोखरा भ्रमणमा जाने कार्यक्रम रहेको छ । हिजो मात्रै नेपाल आउनुभएको उहाँले पशुपतिनाथमा दर्शनसमेत गरिसक्नुभएको छ । उहाँ भ्रमणका क्रममा म्याग्दीसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्