जनता टाइम्स

२९ मंसिर २०७९, बिहीबार २२:२३

गाउँपालिका अध्यक्ष तामाङको बहादुरी, ७१ वर्षीय बृद्धलाई घरमै गएर कुटपिट


रामेछाप, २९ मंसिर । रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले ७१ वर्षीय बृद्धलाई कुटपिट गरेका छन् ।

बुधबार एकाबिहानै रक्सीले लट्ठीएका अध्यक्ष तामाङले बाहुबलको तुजुक देखाउँदै स्थानीय ७१ वर्षीय वृद्व कलम बहादुर तामाङको घरभित्र पसेर उनलाई कुटपिट गरेको स्रोतले जनाएको छ ।

तामाङले बृद्धलाई मार्ने उदेश्यले घरमा कोही पनि नभएको मौका पारी कुटपिट गर्न गएको बताइएको छ । हाल उनी फरार रहेका छन् । उनी भागेर काठमाडौं पुगेको स्थानीयले बताएका छन् ।