काठमाडौं, पुस ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले चुनाव सम्पन्न भएको जनाउँदै निर्वाचित उम्मेदवारको नामावली बुझाएपछि राष्ट्रपति भण्डारीले आज दलहरुलाई सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले आज संबिधानको धारा ७६ को उपधार २ अनुसार राजनीतिक दलहरुलाई सात दिनको म्याद दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।
‘..प्रधानमन्त्री नियुक्त गर्नकालागि संबिधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्द्या बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस १० गते आइतवार ५ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको ब्यहोरा अनुरोध छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।














प्रतिक्रिया दिनुहोस्