काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको छ । आज बिहान बुढानिलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले उहाँलाई दलको नेता चयन गरेको हो । रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ ।
यसअघि पार्टी प्रवक्ता मुकुल ढकालले दलको नेताका लागि चुनाव हुने बताए पनि आज बिहान गोप्य रूपमा बसेको बैठकले लामिछानेलाई नै दलको नेता चुनेको हो ।रास्वपा सभापति लामिछानेले सरकारमा जान विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पार्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्