काठमाडौं, पुस ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली म्यान अफ दि इलेक्शनको सम्मान पाउनु भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा ५० हजार मत कटारु निर्वाचित हुने एकमात्र उम्मेदवार ओलीलाई आज नेकपा एमालेले सो सम्मान प्रदान गरेको हो ।
काठमाडौंमा आयोजित बिशेष समारोहबीच ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका भाई एवं जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित गर्नुभयो । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली झापा ५ बाट ५२ हजार ३ सय १९ मत ल्याएर बिजयी हुनुभएको थियो ।
पाँच दलीय गठबन्धनको घेराबन्दीबीच सर्वाधिक मत पाएर जितेको उपलक्ष्यमा एमालेले ओलीलाई सम्मान गरेको महासचिव शंकर पोखरेलले बताउनु भयो । महासचिव पोखरेलले लोकप्रिय मतमा एमाले पहिलो र सर्वाधिक लोकप्रिय उम्मेदवारमा ओली म्यान अफ दि इलेक्सन बनेको बताउनु भयो । सोही कार्यक्रममा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठलाई अध्यक्ष ओलीले खादा लगाएर सम्मान गर्नुभएको छ

अध्यक्ष ओली ५० हजार मत कटाएरु निर्वाचित हुने एक मात्र नेता हुनुहुन्छ । सोही आधारमा एमालेले आज उहाँलाई ‘म्यान अफ दि इलेक्शन’ को रुपमा सम्मान गरेको हो ।













प्रतिक्रिया दिनुहोस्