काठमाडौं, पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड अन्ततः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्न बाध्य हुनुभएको छ ।
तात्कालिन नेकपाका पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता र पार्टी दुवैबाट हटाउने चक्रब्यूहँ रचेर पार्टी बिभाजन गर्नुभएका प्रचण्ड आज त्यसयता पहिलो पटक ओली निवास बालकोट पुग्ने निर्णय लिनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड ओली निवास जाने निर्णयसहित समय मिलाउनु भएको हो । ओलीसँग छलफलका लागि १.३० बजेको समय तय भएको छ । प्रधानमन्त्री बन्ने दौडमा रहनुभएका प्रचण्ड देउवालाई धोका दिएको भन्दै ओली भेटन बालकोट पुग्नुभएको हो ।
एमालेले सत्ता गठबन्धन नटुटदासम्म आफूहरु सरकार गठनको बिषयमा कुनै पहलकदमी नलिने बताइसकेको छ । प्रचण्डले गठबन्धन टुटेको घोषणा अहिलेसम्म गर्नुभएको छैन । यही बेला पुरानो सवै दुस्मनी त्यागेर प्रचण्ड ओली निवास जाने निर्णयमा पुग्नुभएको हो ।
प्रचण्ड देउवासँग कुरा नमिलेपछि अव बालकोट जान्छु भन्दै बालुवाटारबाट निस्कनु भएको थियो । बालुवाटारबाट निस्किएलगत्तै उहाँले एमाले अध्यक्ष ओलीलाई फोन गरी आफू बालकोट आउन लागेको भन्दै समय माग्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्