काठमाडौं, पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सत्ता प्रधानमन्त्री शेरबहादुर देउवा सारै धोकेवाज र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अति कृतघ्न पात्र रहेको बताउनु भएको छ ।
गठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिरिएपछि माओवादी नेताहरुसँग प्रचण्डले यस्तो बताउनु भएको हो । बालुवाटार वार्तामा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगिसक्नु भएको छ । त्यसअघि आफू निकट नेतासँग प्रचण्डले देउवा र माधवको बिषयमा कठोर टिप्पणी गर्नुभएको हो ।
कांग्रेसले आफ्नो अपमान गरेको भन्दै प्रचण्डले चित्त दुखाएको नेताहरूले बताएका छन् । ती नेताका अनुसार प्रचण्डले माधव नेपालको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै कृतघ्न पात्र रहेछन भन्नुभएको हो ।
प्रचण्डको भनाई उधृत गर्दै माओवादीका एक नेताले जनताटाइम्स डटकमसँग भने, ‘देउवा भयंकर धोकेवाज, माधव नेपाल सारै कृतघ्न पात्र रहेछन ।’













प्रतिक्रिया दिनुहोस्