काठमाडौं, पुस १० । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुशलतापूर्वक नेतृत्व गरेका कारण परिणाम आएको बताउनु भएको छ ।
एमाले नेतृत्वको नयाँ गठबन्धन निर्माण गरी सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई प्रधानमन्त्री बन्ने सहमति भएलगत्तै सचिव भट्टराईले यस्तो बताउनु भएको हो ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले भन्नुभएको छ, ‘२०७९ पुस ७ गते बिहान भएको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकको मुल स्पिरिट यही थियो, जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नुभयो, परिणाम आयो ।’
चुनाब गराउनेको बहुमत नआउनुलाई नयाँ बिकल्पमा जाने जनादेश भन्दै एमालेले अध्यक्षलाई म्याण्डेट दिएकोमा उहाँले कुसलतापुर्वक परिणाममा ढाल्नुभएको भट्टराईको भनाई छ । ‘संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वभाविक मान्नु पर्छ,’ भट्टराईको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्