काठमाडौं, पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले राहदानी र लाइसेन्स लिने क्रममा सर्वसाधारणले सास्ती खेपेको भन्दै अव त्यसलाई अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले यी दुवै काममा भइरहेको लामा लाइन हटाउने पनि बताउनु भयो । मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने बताउनु भयो ।
लाइसेन्स र राहादानीमा सर्वसाधरणले खेप्नुपरेको सास्तीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारको बिकृतिका रुपमा लिइएको छ । प्रधानमन्त्री दाहालले सोही बिकृतिको अन्त्य गरी अव सास्ती खेप्न नपर्ने अवस्था बनाउने बताउनु भएको हो ।

ुराहदानी, लाइसेन्ससम्बन्धी लामो लामो लाइन देखिएको छ । यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढंगले काम गर्ने केन्द्रित भएका छन् । जनताको समस्या समाधान गर्न काम गर्नेतर्फ काम गर्ने छौुं प्रधानमन्त्रीले भन्नुभयो । मन्त्रिपरिषद्को पहिलो बैठकअघि दाहालले सोमबार साँझ सिंहदरबारमा पदवहाली गर्नुभएको थियो ।
दाहालले पदभार ग्रहण गर्दै ुसुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयुमा हस्ताक्षर गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्