जनता टाइम्स

१२ पुष २०७९, मंगलवार १७:२७

बिनोद अधिकारी अमेरिकाको पर्यटन तथा सद्‌भावना दूत


काठमाडौं, १२ पुस । अमेरिकाको पर्यटन तथा सद्‌भावना दूतमा विनोद अधिकारी नियुक्त हुनुभएको छ । पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्‌भावना दूतमा नियुक्ति गरिएको हो । आज उहाँलाई पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्ति पत्र थमाउनुभएको हो ।

चार वर्षे कार्यकालका लागि अधिकारी नियुक्त हुनुभएको हो । पर्यटन मन्त्रालयले सद्‌भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ । अधिकारीले कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणलाई समेटेर वित्त चित्रसमेत बनाउनुभएको छ ।