धनगढी, १३ पुस । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नगरपालकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटनाहुँदा श्रीमालको मृत्यु भएको हो । श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुनुहुन्थ्यो । उहाँको मृत्युको शोकमा नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो ।












प्रतिक्रिया दिनुहोस्