जनता टाइम्स

१४ पुष २०७९, बिहीबार २२:४२

‘मोवाइल-ल्यापटपमा भन्सार लिने निर्णय प्रबासी नेपालीमाथिको निर्मम शोषण हो, तु फिर्ता होस’


काठमाडौं, पुस १४ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय समितिले बिदेशबाट स्वदेश फर्कने क्रममा मोवाइल र ल्यापटल ल्याउँदा भन्सार लिने नेपाल सरकारको काम प्रबासी नेपालीमाथिको निर्मम शोषण भएको भन्दै कडा आपत्ति जनाएको छ ।

मञ्चका अध्यक्ष सञ्जय थापाले आज बिज्ञप्ती जारी गरी प्रवासमा रहेका र खासगरी मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरु सरकारको यो निर्णयले निकै ठूलो समस्यामा परेको बताउनु भएको छ ।

‘विदेशमा बर्षाैंसम्म रगत पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाईल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रबासी श्रमजीवी नेपालीहरू माथिको निर्मम शोषण हो,’ बिज्ञप्तीमा भनिएको छ ।

‘सरकारले आज पुस १५ बाट लागू हुने गरी मोवाइल र ल्यापटप ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय गरको छ । बिदेशबाट आउँदा आफ्नो मोवाइलसहित परिवारका सदस्यका लागि एउटा मोवाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने निर्णयले आफूहरुलाई निकै ठूलो अपमान र शोसन भएको महसुस गरेको मञ्चको भनाई छ ।

बिज्ञप्तीमा भनिएको छ, हामी प्रबासमा रहेका नेपालीहरुको श्रम पसिनाले देशको मुख्य अर्थतन्त्र रेमिट्यान्स धानेको बिषय सरकारलाई अबगत नै छ । यस्तो महत्वपूर्ण सहयोगलाई नजरअन्दाज नगरी प्रबासमा रहेका नेपालीहरुलाई शोषण गर्ने खालको पक्षपाती व्यबहार देखाउनु अनागरिकलाई गरे जस्तो ब्याबहार भयो ? ब्याबहारीक देखिएन । यस्तो अब्यवहारिक र असंगत निर्णयलाई तत्काल खारेज गरी प्रबासी नेपालीहरूको हितमा काम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ ।

बिज्ञप्तीको पूर्णपाठ

नेपाल सरकारलाई उल्लेखित बिषय तत्काल लागू गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको आग्रह 

गैर आवसिय नेपालीहरुलाई अपमान र शोसन गर्ने गरी नेपालीहरुले घर फर्किदा आफ्नो परिवारका लागि एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रबासी नेपाली श्रमिकहरूको हित विपरीतको कार्य भएकाले यस निर्णयको “प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति“ को गम्भीर ध्यानाकर्षण भएको छ ।

विदेशमा बर्षाैंसम्म रगत पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाईल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रबासी श्रमजीवी नेपालीहरू माथिको निर्मम शोषण हो ।

हामी प्रबासमा रहेका नेपालीहरुको श्रम पसिनाले देशको मुख्य अर्थतन्त्र रेमिट्यान्स धानेको बिषय सरकारलाई अबगत नै छ । यस्तो महत्वपूर्ण सहयोगलाई नजरअन्दाज नगरी प्रबासमा रहेका नेपालीहरुलाइ शोषण गर्ने खालको पक्षपाती व्यबहार देखाउनु अनागरिकलाई गरे जस्तो ब्याबहार भयो ? ब्याबहारीक देखिएन । यस्तो अब्यवहारिक र असंगत निर्णयलाई तत्काल खारेज गरी प्रबासी नेपालीहरूको हितमा काम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ।

सन्ज थापा
अध्यक्ष
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति