जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार ०६:५१

स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कदै प्रधानमन्त्री ओली, चिकित्सकले दिए यस्तो सुझाव


काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदैहुनुहुन्छ । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत आज दिउसो सवा १२ बजे अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुनेछ । आइतवार नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएपनि चिकित्सकको आग्रहमा एक बढी समय लागेको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मृगौला पत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरेका छन ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो । दैनिक १८ घण्टा भन्दा बढी कामको कारण धपेडी बढनुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको दवावमा प्रधानमन्त्री ओली सिंगापुर जानुभएको हो । उहाँलाई काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समय नगुजार्नसमेत चिकित्सकले सुझाएका छन ।