जनता टाइम्स

१७ पुष २०७९, आईतवार १३:०४

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन


कैलाली, १७ पुस । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ । संसदीय दल आज बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन हुनुभएको हो । शनिबारको बैठकमा सहमति नभएपछि पुनः आज बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।