जनता टाइम्स

१८ पुष २०७९, सोमबार १५:०७

विवाहपछि फ्लप कटरिना !


मुम्बई, १८ पुस । अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलले विवाह गरेको एक वर्ष भइसकेको छ । तर, अहिले पनि उनीहरु हनिमुन पिरियडबाट बाहिर निस्कन सकेका छैनन् । कटरिनाले गत वर्ष एकमात्र फिल्म ‘फोनभूत’ दर्शकलाई दिइन् । तर यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो ।

अब यो फिल्म ओटीटीमा रिलिज हुँदै छ । यस्तो अवस्थामा कटरीना बक्सअफिसमा असफल भएपछि अब ओटीटीको सहारामा करियरलाई अगाडि बढाउन चाहन्छिन् भन्नमा गलत हुँदैन । कटरिनाको ‘फोनभूत’ गत नोभेम्बरमा रिलिज भएको थियो । फिल्मले दर्शकलाई हलमा खासै तान्न सकेन ।

अब यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ । अमेजनले सामाजिक सञ्जालमार्फत फिल्म जनवरी २ मा प्रसारणमा आउने जानकारी दिइसकेको छ । गुरमित सिंहको निर्देशन रहेको फिल्ममा कटरीनासँगै इशान खट्टर र सिद्धान्त चतुर्वेदीको अभिनय थियो ।