जनता टाइम्स

१९ पुष २०७९, मंगलवार १७:४९

२५ करोड पारिश्रमिक दिए पनि सानो भूमिका गर्दिनँ : नवाजुद्दिन


मुम्बई, १९ पुस । बलिउडमा प्रतिभावान कलाकारको नाम लिँदा अभिनेता नवाजुद्दिन सिद्दीकी छुट्दैनन् । सानोतिनो सहायक चरित्रबाट फिल्मी करियर सुरुवात गर्नुभएको उहाँले हलिउड फिल्म ‘लक्ष्मण लोपेज’मा देखिँदै हुनुहुन्छ । उहाँले हलिउड फिल्ममा सानो भूमिका कहिल्यै नगर्ने खुलाउनुभएको छ ।

‘मैले उद्योगमा कयौं सानो भूमिका निभाएको छु । मैले आफ्नो मिहेनत र लगनले यो सफलता पाएको छु । आजको समयमा यदी कोही विदेशी फिल्म मलाई सानो भूमिकाका लागि प्रस्ताव गर्छन् भने म त्यसमा काम गर्दिनँ । चाहे निर्माताले मलाई २५ करोड रुपैयाँ नै दिए पनि म त्यो सानो भूमिका गर्दिनँ । मलाई लाग्छ आफ्नो कामलाई राम्रो बनाउनुपर्छ ।’

‘यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने अवसर तपाईंलाई खोज्दै आउनेछ’, नवाजुद्दिन भन्नुहुन्छ । ‘लक्ष्मण लोपेज’को निर्देशन प्रख्यात निर्देशक रिबर्टो जिराल्टले गर्दै हुनुहुन्छ । नवाजुद्दिन फिल्म ‘हड्डी’मा देखिँदै हुनुहुन्छ । जसमा उहाँले एक किन्नरको भूमिका निर्वाह गर्नुभएको छ ।