जनता टाइम्स

२१ पुष २०७९, बिहीबार १८:१६

डिपो कार्यालयको चामल बेच्ने , महेन्द्र साहुजी


मुगु, २१ पुस । हिमाली जिल्ला मुगुमा रहेको एउटा डिपो कार्यालयमा पसलका साहुजीले चामल विक्रि वितरण गर्दे आई रहनुभएको छ। जिल्लाको सोरु गाउपालिका वडा नं ६ स्थित रहेको सोरुकोट डिपो कार्यालयमा पसले साहुजी अर्थात ब्यापारीले चामल बिक्रि वितरण गर्दे आई रहनुभएको हो ।

सोरुकोट बजारमै अनुप अर्डर सप्लायर्स पसलका प्रोपाईटर तथा सोरु गाउपालिकाका पुर्व १ नं वडाका वडा अध्यक्ष महेन्द्र शाहीले सोरुकोट डिपो कार्यालयको चामल बिक्रि वितरण गर्दे आई रहनुभएको हो । शाहीले विगत १ हप्ता भन्दा अगाडि देखिनै डिपो कार्यालयमै बसेर चामल विक्रि वितरण गरेको स्विकार्नु भएको छ । उहाँका अनुसार खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड डिपो कार्यालय सोरुकोट मुगुमा २ वर्ष देखि डिपो प्रमुख रहेका छैनन ।

एउटा करारमा कार्यालय सहयोगि सिंह रोकाया मात्र रहेका छन् । डिपो कार्यालयमा प्रमुख नहुदा थुप्रै समस्याका बावजुत पनि चामल विक्रि वितरण गरि रहेको उहाँको भनाई छ । उनले थपे डिपो कार्यालयमा प्रमुख छैनन, स्थानीय बासिको समस्या लाई पनि मध्येनजर गर्दे यस डिपो कार्यालय सोरुकोटको खाद्यान्नको लागि जिम्मा पाएको बिजया टे«डस एण्ड सप्लायर्सका प्रोपाईटर तेज बहादुर शाहीले आफुलाई जिम्मा दिईएको बताउनुभयो ।

बर्तमान अवस्थामा डिपो कार्यालयमा एउटा करार कार्यालय सहयोगी कर्मचारी मात्र छ , र एक म मात्रले कार्यालय सञ्चालन गरिरहेको बताउनुभयो । अहिले सोरुकोट डिपो कार्यालयमा अरुवा मध्यम र अरुवा मोटा गरि दुई प्रकारका चामल विक्रि वितरण भई रहेका छन् ।

जसमा अरुवा मध्यम चामल १ सय बोरा रहका छन भने त्यसको मुल्य १ हजार ५ सय ९० पर्दछ भने अरुवा मोटा चामल ३ सय बोरा मौज्दात छन भने यसको १ हजार ५ सय मात्र मुल्यमा बिक्रि वितरण भई रहेको डिपो कार्यालय सोरुकोटले जनाएको छ ।

डिपो कार्यालयमा प्रत्येक दिन २५ देखि ३० जना सम्म सेवाग्राही आउनु हुन्छ , प्रयाप्त मात्रामा चामल मौज्दौत छैन , सोरुकोट डिपोको लागि १ हजार क्विन्टल कोटा रहेको छ त्यसमा पनि कोटा अनुसार चामल पुग्दैन । यता खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामका अनुसार सोरुकोट मात्र नभई अन्य डिपो कार्यालयमा कर्मचारी नभएको बताउनुहुन्छ ।

सोरुकोट डिपो कार्यालयमा विगत २ वर्ष देखि डिपो प्रमुख खालि अवस्थामा रहेको छ । पहिला सो डिपो कार्यालयमा डिपो प्रमुख सरोज यादव हुनुहुन्थ्यो उनी सरुवा भई बाहिरी जिल्ला गए पछि अहिले डिपो कार्यालयमा प्रमुख विहिन रहेको कार्यालय प्रमुख भामको भनाई छ ।

भाम भन्छन् खाद्य जस्तो सम्वेदनशिल कार्यालयमा प्रमुख हुनुपर्छ तर सरकारले माग अनुसार कर्मचारी पदपुर्ति गर्र्देन , ज्यालादारी कर्मचारीहरु लाई पनि जिम्मा दिन नमिल्ने अवस्था रहेको हुदा डिपो कार्यालय बन्द नहोस भनि कतै डिपो कार्यालयमा ठेकेदारले बिक्रि वितरण गर्छन भने कतै जिम्मा दिएर बिक्रि वितरण गरि रहेको बताए ।

सोरुकोट डिपो कार्यालय मात्र नभएर अहिले प्राय जिल्लामा सञ्चालित डिपो कार्यालयहरुमा प्रमुख नै विहिन रहेको बताए ।