जनता टाइम्स

२१ पुष २०७९, बिहीबार १९:२४

अमेरिकी क्लव आहा रारा गोल्डकपको फाइनलमा


पोखरा, २१ पुस । अमेरिकी क्लब बीवाईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै अमेरिकी टोली फाइनल प्रवेश गरेको हो ।

बीवाइएससीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता लिएको हो । दोश्रो हाफमा दुवै टीमबाट गोल भएन । अन्ततः बीवाइएससीका रोजिन प्रजापतिको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा ३ मिनेट अतिरिक्त समय थपिएकोमा ४६औं मिनेटमा प्रजापतिले गोल गरेका हुन् ।

खेलको अन्तिममा चर्च ब्वाइजका आशिष चौधरीले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । अब फाइनलमा बीवाइएससीले संकटालाई पार लगाउनुपर्छ । शनिबार पोखरा रंगशालामा संकटा विरुद्ध उत्रिनेछ । संकटाले एपिएफलाई हराएर फाइनल प्रवेश गरेको हो ।