कञ्चनपुर, २२ पुस । बेलौरी नगरपालिका–७ का जेष्ठ नारिकलाई आज न्यानो कम्बल वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउँदै आएका दुई सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । वडाको चालु आवको रु तीन लाख ५० हजार विनियोजित बजेटबाट जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष प्रकास श्रेष्ठले बताउनुभयो ।
‘कठ्याङ्ग्रिदो चिसोबाट जोगाउनका लागि जेष्ठ नागरिकलाई कम्बल वितरण गरेका छौँ’, उहाँले भन्नुभयो,‘न्यानो कम्बलको अभाव खेप्दै आएका जेष्ठ नागरिक लाभान्वित भएका छन् ।’ कम्बल वितरण गरिएका जेष्ठ नागरिकको वडाले निःशुल्करुपमा स्वास्थ्यकर्मीबाट स्वास्थ्य गरीक्षण गरी परामर्श प्रदान गरिएको छ ।
यसैगरी, नगरपालिका–५ ले आजै दुई सय ४४ जना जेष्ठ नागरिकलाई पानी तातो गर्ने विद्युतीय जग र टर्चलाइट वितरण गरेको छ । जग र टर्चलाइटका लागि वडा कार्यालयले लक्षित वर्ग अन्र्तगतको रु तीन लाख बजेट खर्च गरेको छ । दुवै वडाका जेष्ठ नागरिकलाई नगर प्रमुख पोतिलाल चौधरीले वितरण गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्