जनता टाइम्स

२४ पुष २०७९, आईतवार २१:०३

त्यागीको ‘आमआलाप’ सार्वजनिक


काठमाडौं, २४ पुस । कवि तथा गीतकार विकल त्यागी (प्रकाश गुरुङ)को गीतहरूको सङ्ग्रह ‘आमआलाप’ सार्वजनिक भएको छ । शनिबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली वाङ्मय परिषद्‍द्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराल र संगीतकार वसन्त मुकारुङले संयुक्त रूपमा ‘आमआलाप’को विमोचन गर्नुभएको हो ।

त्यागीले गीत रचना गर्दाको अनुभूति सुनाउँदै एकान्तमा गुनगुनाउँदा गुनगुनुनाउँदै गीतको सङ्ग्रह तयार भएको बताउनुभयो । उहॅाले गीतहरू आफ्ना भावना मात्रै नभएर समाजकै तस्बिर भएको धारणा राख्नुभएको थियो ।

विमोचन समारोहमा बोल्दै समारोहका प्रमुख अतिथि प्रा.डा. बरालले कवि तथा गीतकार त्यागीका गीतहरूले मन र मस्तिष्कलाई झङ्कृत गराउने बताउनुभयो । उहॅाले भन्नुभयो, ‘यस सङ्ग्रहमा समाविष्ट गीतकार त्यागीका गीतहरूमा राष्ट्र, राष्ट्रियता, माया–प्रेमका साथै समाज र संस्कृति सजीव रूपमा चित्रित भएका छन् ।’

साहित्यका विशिष्ट समालोचक प्रा.डा. बरालले विकल त्यागी प्रकाश गुरूंग (बिकल त्यागी) लाई धैर्यशाली व्यक्तिको ट्याग दिॅदै कुनैपनि सिर्जना भएकंर हुने बताउनुभयो । उहॅाले थप्नुभयो,’श्रिंगार नै नभएपनि चिटिक्क कुनै समयमा फुत्त आउछ । त्यो सॅधै सबैलाई फुर्दैन । साहित्यिक विधामा गितरकारले के भन्यो, कसरी भन्यो भन्ने हुन्छ तर के छ र कसरी लेखिएको हुन्छ भन्ने कुरा झनै धेरै महत्वपूर्ण हुन्छ ।’

← Back

Thank you for your response. ✨

उहॅाले साहित्य भनेको कसैवे लेख्नै नभ्याउने त कसैको विस्फोट भएर निस्किने बताउनुभयो । उहॅाले अगाडि थप्नुभयो,’कसैको भित्र टिलपिल हुन्छ तर बाहिर आउॅदैन । गित कसरी लेख्ने भन्ने कुरा र कस्तो शैली अपनाईएको हुन्छ त्यो नि जरूर हुन्छ । हृदयबाट बिस्फोट भएका कुरालाई साहित्यमार्फत जनाईएको कुरा नै साहित्य हो ।’

विमोचन समारोह उपस्थित संगीतकार वसन्त मुकारुङले त्यागीका गीतहरूभित्रै संगीत पाइने टिप्पणी गर्नुभयो । ‘संगीतकारले धेरै सोचिरहनु नपर्ने खालका गीतहरू छन् सङ्ग्रहभित्र । यो गीतकारको सफलता हो । गीतहरू सरल छन् र सम्प्रेषणीय छन्’, उहॅाले भन्नुभयो ।

ध्रुव मधिकर्मी, गीतकार टीका चाम्लिङ लगायतले ‘आमआलाप’भित्रका सबै गीतहरू मिठासपूर्ण रहेको प्रतिक्रिया दिनुभएको थियो । सङ्ग्रहमा जम्मा ८४ वटा गीत समावेश रहेका छन् । यसअघि त्यागीको एक कवितासङ्ग्रह प्रकाशित भईसकेको छ ।