मकवानपुर, पस २६ । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्री जम्मकट्टेललाइृ प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउनु भएको हो । यसैगरी नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धव थापाले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिनुभएको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जम्मकट्टेलले सोमबार सरकार गठनका लागि दावी पेश गर्नुभएको थियो । उहाँले प्रदेश प्रमुखले दिएको समय सीमा सकिन्नुभन्दा दुई घण्टा अगाडि ७० जना सांसदको हस्ताक्षरसहित दावी पेश गर्नुभएको हो ।
जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ ।













प्रतिक्रिया दिनुहोस्