काठमाडौं, पुस २६ । सत्तारुढ प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्रको नयाँ भाष्य स्थापित गरेको बताउँदै धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावमा छलफल गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले नयाँ अभ्यास सुरुवात गरेको बताउनु भयो । कांग्रेसले प्रतिपक्षीको होइन, सहकार्यको प्रस्तावसहित वर्तमान सरकारलाई समर्थन गर्नु सुखद पक्ष भएको ओलीको भनाइ छ ।
प्रधानमन्त्री दाहाललाई समर्थन गरेकोमा कांग्रेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिँदै ओलीले नयाँ लोकतान्त्रिक अभ्यास भएको बताउनु भयो । ओलीले सरकारमा रहँदा प्रधानमन्त्रीले गर्ने भनेको काम र काम गर्न गरेको प्रतिवद्धताको लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कति रचनात्मक ढंगले कांग्रेस त सरकारमा आउन चाहेको छ, अरु माननीयज्यूहरु किन नआउने ? सवै मिलेर अघि बढौं,’ ओलीको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्