काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिनुभएको हो ।
यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उहाँले निर्देशन पनि दिनुभएको छ । साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेगरी स्थगित गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्