विराटनगर, पुस २७ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पुस २९ गते विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री कार्कीको प्रस्ताव अनुसार प्रदेश सभा सचिवालयले २९ गतेका लागि बिश्वासको मत लिने कार्यसूची तय गरेको हो ।
प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले विश्वासको मत लिने प्रयोजनका लागि मिति पुस २९ गते ११ बजे बजे विश्वासको मत प्राप्त गर्ने सूचना टाँस भएको बताउनु भयो ।
नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम विश्वासको मत लिने हुनुभएको हो ।
एमाले स्थायी कमिटी सदस्य कार्की ६० जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन रहेको छ ।












प्रतिक्रिया दिनुहोस्