काठमाडौं, पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीको घेराबन्दी तोडेर आफू प्रधानमन्त्री बनेको खुलासा गर्नुभएको छ ।
नेकपा एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका दाहालले आफूले प्रतिक्रियावादीले रचेका ठूलो घेरावन्दीलाई तोडेर प्रधानमन्त्री बन्न सफल भएको बताउनु भएको हो । वाईसियलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सजिलै प्रधानमन्त्री नबनेको खुलाउनु भयो ।
‘म अहिले पनि सजिलै सित प्रधानमन्त्री बनेको होइन, प्रतिक्रियावादीका धेरै घेराबन्दीहरुलाई तोडेर यहाँ आइपुगेको हो, प्रधानमन्त्री दाहालले भन्नुभयो, ’हामीले विगतमा जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीतिक बनाउँथ्यौं । आज पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाटै यो सफलता प्राप्त भएको हो ।’ प्रधानमन्त्री दाहालको यो भनाई नेपाली कांग्रेसतर्फ लक्षित रहेको थियो ।
प्रधानमन्त्री प्रचण्डले अहिले प्राप्त अवसरलाई त्यतिकै खेर जान नदिने अठोट पनि गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सरकार र पार्टीलाई सफल पार्न सबै एक ढिक्का भएर लाग्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । ’पार्टीले गर्नुपर्ने सहयोग र सरकारले गर्ने सहयोग रहन्छ । आकांक्षसहित अगाडी बढ्नु होस । भविष्य उज्ज्वल छ,’ प्रधानमन्त्रीको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्