जनता टाइम्स

२७ पुष २०७९, बुधबार १५:३६

बागमती प्रदेशको सभामुखमा भुवन पाठकले उम्मेदवारी दिने


काठमाडौं, २७ पुस । बागमती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिनुहुने भएको छ । सत्तारुढ गठबन्धनबाट उहाँले सभामुख पदमा उम्मेदवारी दिनुहुने भएको हो ।

बागमती प्रदेशमा शक्ति बाँडफाँट गर्दा राप्रपाको भागमा सभामुख परेकाले पाठकले उम्मेदवारी दिनुभएको हो ।

राप्रपाले पनि सभामुखमा पाठकको नाम टुंगो लगाएको हो । बागमती प्रदेशसभामा सभामुख चयनका लागि भोली निर्वाचन हुँदै छ ।