जनता टाइम्स

२८ पुष २०७९, बिहीबार १५:४०

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीसँगै दुई मन्त्रीले लिए शपथ


बुटवल, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकता मुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराउनुभएको हो ।

हिजो संविधानको दफा १६८ (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कर्याक्रममा शपथ लिनुभएको हो । मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

मन्त्रीहरुलाई हाल बिना विभागीय नियुक्त गरिएको छ । दलहरुबीच भागवण्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउनेछन् । मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइएपनि प्रदेश प्रमुख शेरचन शपथ खुवाउन आज बिहानै देउखुरी हिँड्नुभएको थियो ।