जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार १४:४७

२० लाख धरौटी बुझाएर जेलबाट छुटे सन्दीप


काठमाडौं, २९ पुस । बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडौ‌ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् ।

हिजो उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको आजै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।