पोखरा, माघ १ । पोखरामा आज बिहान भएको विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ ।
दुर्घटनाग्रस्त यति एअरको बिमानमा पाइलट कमल केसी र सहपाइलट अञ्जु खतिवडा हुनुहुन्थ्यो । दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि खसेको हो । नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान पोखराको घनाबस्ती माथि उडिरहेको थियो ।
पोखराको फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा यति एअरको विमान खसेको प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।
‘विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो ।’
स्थानीय प्रत्यक्षदर्सीले बताएनुसार बिमानको पखेटा तलमाथि तलमाथि हुँदै आएको थियो । ‘बिमानको पखेटा तलमाथि, तलमाथि हुँदै आएको थियो, अव के हुने हो भन्दै थियौं, एक्कासी सेतीमा खस्यो, पाइलटले सुरक्षित ठाउँ खोज्दा बिमान खोचमा खस्यो,’ प्रत्यक्षदर्सीले थपे, ‘पाइलटले बस्तीबाट बिमान जोगाउन सवै प्रयास गरेको देखियो ।’
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आज बिहान सेती दोभानमा खसेको थियो । पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा जहाज खसेको हो । घटनास्थलबाट अहिलेसम्म ३२ जनाको शव निकाएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शीका अनुसार विमान उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो ।













प्रतिक्रिया दिनुहोस्