जनता टाइम्स

२ माघ २०७९, सोमबार १८:०१

बागमती प्रदेशसभाको उपसभामुखमा चापागाईं निर्वाचित


हेटौडा, २ माघ । । बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाई निर्वाचित हुनुभएको छ । सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईंले ६१ मत पाएर निर्वाचित हुनुभएको हो ।

११० सदस्यीय प्रदेशसभामा उहाँलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत पर्‍यो भने ७ जना तटस्थ बस्नुभयो। २ जना भने मतदानमा सहभागी हुनुभएन ।

उपसभामुखमा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले पनि उम्मेदवारी दिनुभएको थियो। उहाँको पक्षमा ३ र विपक्षमा ६१ मत पर्‍यो भने ४४ जना तटस्थ बस्नुभयो ।

उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी प्रस्तावहरु क्रमैसँग प्रदेशसभामा प्रस्तुत गर्ने क्रममा एमालेकी चापागाई उपसभामुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि छलफल नै भएन ।