जनता टाइम्स

३ माघ २०७९, मंगलवार ११:३४

एमालेले टुंग्यायो चार मन्त्रीको नाम


काठमाडौं, माघ ३ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री हुनेहरुको नाम टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अन्य नेताहरुसँग समेत परामर्श गरी चार मन्त्रीको नाम तय गर्दै प्रचण्ड सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्नुभएको हो ।

एमालेबाट भगवती चौधरी, पदम गिरी, डा. विमला राई पौडेल र हरि उप्रेतीले आज मन्त्रीका रुपमा सपथग्रहण गर्नुहुने छ । यसअघि नै उपप्रधान तथा अर्थसहित उपाध्यक्ष बिष्णु पौडेलले सरकारमा पार्टीबाट नेतृत्व गर्नुभएको छ ।

प्रधानमन्त्रको सपथकै दिन गत पुस ११ गते पौडेल र बाँकी तीन जना बिना बिभागीय मन्त्रीले सपथ लिनुभएको थियो । एमालेबाट ज्वाला कुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पुस ११ मै बिनाबिभागीय मन्त्रीका रुपमा नियुक्त हुनुभएको थियो । उहाँहरुको पनि आज कार्यबिभाजन हुनेछ ।