काठमाडौं, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । आज प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति बिद्यादेवी भण्डारीले एक उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीलाई सपथग्रहण गराउनु भएको हो ।
सपथग्रहण समारोहमा रोचक दृष्यहरु देखिएका थिए । आजको सपथग्रहणमा प्रधानमन्त्री दाहाल दौरा सुरुवाल र टोपीमा सजिएर जानुभएको थियो भने सवै मन्त्रीहरु यही पोसाकमा रहेका थिए ।
नेकपा माओवादी केन्द्रका नेता सुदन किँराती मात्रै दौरा सुरुवालबिना सपथग्रहण समारोहमा देखिनुभयो । सवैले एउटै पोसक लगाउँदा किँराती मात्रै फरक पोसाकमा रहँदा कागको हुलमा एक्लो बकुल्ला जस्तै देखिएको टिप्पणी सहभागीहरुले गरेका थिए ।
सपथग्रहण समारोहमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग दौडिएर सल्लाह गर्न पुग्नुभएको थियो भने परराष्ट्रमन्त्री डा. बिमला राई पौडेल सपथग्रहण अघि नै ओलीसँग कानेखुसी गर्दै जिममेवारी दिएकोमा आभार प्रकट गर्न पुग्नुभएको थियो ।
















प्रतिक्रिया दिनुहोस्