जनता टाइम्स

४ माघ २०७९, बुधबार ११:१७

पदबहालीकै दिन अस्पताल निरीक्षणमा स्वास्थ्यमन्त्री


काठमाडौं, माघ ४ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी कार्यभार सम्हालेलगत्तै सरकारी अस्पतालहरुको सेवा प्रवाह र सर्वसाधारणको समस्या सुन्न अनुगमनमा निस्किनुभएको छ ।

मंगलबार कार्यभार सम्हालेलगत्तै मन्त्री गिरी बालबालिकाको उपचार गर्ने सरकारी अस्पतालको उपचार सेवाबारे बुझ्न कान्ति बाल अस्पताल पुग्नुभएको हो ।

मन्त्री गिरीले अस्पतालको इमरजेन्सी, आईसीयू, पीआईसीयू, अंकोलोजीलगायतका वार्डको अवलोकन गर्नुभएको छ । मन्त्री गिरीले बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिनुभयो ।