विराटनगर, माघ ५ । चिकित्सकलाई बिरामीले भगवानको रुप ठान्छन्। हुन पनि मृत्युको मुखमा पुगेका बिरामीलाई जीवन दिने काम चिकित्सकले नै गर्छन्। तर, चिकित्सकको सानो लापरबाहीले कस्ता घटना हुन्छन् भन्ने कारुणीक उदाहरण छ विराटनगरस्थित कोशी अस्पतालको । जहाँ चिकित्सकको टोलीले मृत घोषणा गरेको शिशु जीवित छन । त्यो पनि परिवारले अन्तिम दाहसंस्कार गर्न लिएर जाँदा पत्ता पाएका हुन ।
स्वास्थ्यमा समस्या देखिएपछि कोशी अस्पतालमा भर्ना भएका १८ दिने शिशुलाई बुधबार अस्पतालको चिकित्सकीय टोलीले मृत घोषणा गर्यो। परिवारले चिकित्सकको कुरा पत्याएर अन्तिम संस्कारका लागि लगे । यसरी लैजाँदै गर्दा शिशु जीवितै भएको पाइएपछि फेरि उपचार गर्न अस्पताल फर्काइएको छ ।
यी शिशुको अहिले विराटनगरकै गोल्डेन अस्पतालको एनआईसीयू कक्षमा उपचार भइरहेको छ । उपचाररत शिशुको अवस्था सुधार भइरहेको छ ।
१८ दिने शिशु कटहरी गाउँपालिका–३ निवासी दिलीप मुखिया र उमा मुखियाकी छोरी हुन । शिशुको नाम खुसी हो । १८ दिनअघि कोशी अस्पतालमै उमाले खुसीलाई जन्म दिनुभएको थियो । उहाँको नर्मल डेलिभरी भएको थियो । ससुराली कटहरी भएपनि छोरीको जन्मपश्चात उहाँहरू विराटनगर–८ स्थित मधुमारामा दाजुभाउजुसँगै बस्दै आउनु भएको छ । मधुमारा उमाको माईत हो ।
बुधबार बिहान खुसीले आमाको दुध खाईनन । स्वास्थ्यमा पनि सामान्य समस्या देखियो । उपचार गरिहाल्नुपर्छ भन्ने दाइको सल्लाह बमोजिम श्रीमानलाई लिएर उमा बिहान करिब साढे ९ बजे कोशी अस्पताल पुग्नुभयो । छोरीलाई अस्पतालको आकस्मिक कक्षमा लैजानुभयो । डा. लक्ष्मण चौधरीले उपचार सुरु गर्नुभयो । उपचार थालेको केही बेरमै डा. चौधरीले शिशुलाई मृत घोषणा गरिदिनु भयो ।
सन्तान मृत्युको खबर सुनेपछि खुसीका बुबाआमा छाङ्गाबाट खसेझैं भए । अस्पतालले मृत्यु घोषणा गरिदिएपछि आफन्तले दाहसंस्कारको तयारीसहित शिशुलाई डिस्चार्ज गरी घर लगे । तर, खुसी जीवितै भेटिईन । उनको श्वास चलिरहेको थियो। उनले हातका औँला पनि चलाईन । यत्ति देखेपछि परिवार सदस्यले हतारहतार गोल्डेन हस्पिटल लगे । शिशुलाई अस्पताल भर्ना गरी देवर दिलीप मुखिया, दाइ मनोज मुखिया, माईजु जितनी मुखिया र दाजुको साथी सुभाष दाहाललाई लिएर उमा गुनासो गर्न अस्पताल पुग्नुभयो ।
आकस्मिक कक्षका डा. लक्ष्मण चौधरीलाई जीवित शिशुलाई मृत घोषणा गर्नुको कारण माग्दा गैरजिम्मेवार जवाफ दिएको भन्दै उमा झन भावविह्वल बन्नुभयो । शिशुका आफन्तले डाक्टरमाथि आक्रोश पोखे । अरु मानिसको संख्या पनि बढेपछि डा चौधरी अस्पतालको पूर्वदक्षिण तिरको वाल नाघेर भागे ।
कोसी अस्पतालको आकस्मिक कक्षका डा. आकाश यादवले जीवित एक शिशुलाई मृत घोषणा गरेपछि बुधबार दिनभरि अस्पताल परिसर तनावग्रस्त रह्यो । शिशुको अहिले गोल्डेन अस्पतालको एनआईसीयूमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ती शिशुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
गत पुस १७ मा उमा मुखियाले १ किलो ४ सय ग्रामकी ती शिशुलाई कोसी अस्पतालमै जन्म दिनुभएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको जहदा–३ भाथिगछकी १८ दिनकी शिशुलाई बुधबार बिहान अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो । त्यहाँ मेडिकल अफिसर यादवसहित अहेवद्वय टीका भण्डारी र लक्ष्मण माझीले शिशुलाई मृतक घोषणा गरेपछि अस्पतालमा तनाव भएको हो ।
चिकित्सक यादवलाई शिशुका आक्रोशित आफन्तले कुटपिट गरेका छन । उहाँको टाउकामा चोट लागेको छ । बच्चालाई अस्पतालको बेडबाट बोकेर बाहिर लैजाँदा शिशुले हातखुट्टा चलाएपछि ऊ जीवितै रहेको पुष्टि भएसँगै आक्रोशित परिवारजनले चिकित्सकमाथि हातपात गरेका हुन ।













प्रतिक्रिया दिनुहोस्