काठमाडौं, माघ ५ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मालाई जस्ताको तस्तै जवाफ फर्काउनु भएको छ ।
नेकपा एमालेप्रति लाञ्छना लगाउँदै महामन्त्री शर्माले आफ्नो धारणा राखेपछि एमाले सचिव भट्टराईले कांग्रेसको कालो इतिहास सम्झाउनु भएको हो ।
कांग्रेसले बिगतमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको देखि संबिधानसभाबाट संबिधान जारी गरेपछि गरेको ब्यवहार स्मरण गर्दै भट्टराईले मनले माया गरेको हो कि निधारले भन्ने गीतसमेत सम्झाउनु भयो । उहाँले पुस १० गते अपरान्हबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरु गर्नुभएको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जाने ठोकुवा पनि गर्नुभयो ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेस आफ्नो कोर्स पुरा गर्न नसकेपछि ओलीले नयाँ कोर्स निर्माण गरेको बताउनु भएको हो । उहाँले एमाले र कांग्रेसको इतिहास हेर्दा एमाले दिने र कांग्रेस लिने मात्रै गरेको इतिहास रहेको बताउनु भयो ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको आभार व्यक्त गर्दै प्रधानमन्त्रीलाई जस्तै सभामुखमा देवराज घिमिरेलाई विश्वासको मत दिन आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्