काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ ।
त्यसैले अब राना सत्तागठबन्धनको साझा उम्मेदवार बन्नुहुने भएको छ । यसअघि रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्कीको नाम चर्चामा थियो । चारमध्ये उप्रेतीले सभामुख बन्न निकै लबिइङ गर्नुभएको थियो । अब उहाँ इन्दिराको प्रस्तावक बन्नुहुने भएको छ ।
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ ।













प्रतिक्रिया दिनुहोस्