जनता टाइम्स

६ माघ २०७९, शुक्रबार १८:००

बैतडीमा दुई जना मृत फेला


बैतडी, ६ माघ । जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जर्गका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकोमा उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारी गरेर घर फर्किरहेका थिए । चन्दको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, चार दिनदेखि बेपत्ता रहेकी सिगास गाउँपालिका–६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका धामी थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी छन् । राधिका माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केकी बताइएको छ । घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी कार्य गर्दै जादा मृत भेट्टिएकी हुन् ।