जनता टाइम्स

७ माघ २०७९, शनिबार ०६:३०

प्रदेश १ मा मन्त्रालय र मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट, कस्ले पाए कुन मन्त्रालय ?


विराटनगर, माघ ७ । प्रदेश १ सरकारका बिनाविभागिय मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गर्नुभएको हो ।

कार्यविभाजन अनुसार मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राख्नुभएको छ ।

नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाउनु भएको छ भने बुद्वीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका दुर्गा चापागाईले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, र जीवन आचार्यलाई पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।