जनता टाइम्स

७ माघ २०७९, शनिबार १०:५३

हामी कहाँ आइपुग्यौं, अब जाने कहाँ हो ?


एमाले सिद्धियो’ भनेर जेस्थापना गर्न खोजेका थिए, त्यो चाहिँअसफल बनाइदिएका छौं । एमाले सिद्धियो भनेर नगरा, झ्याली पिटिरहेका थिए, नरसिङ्गा बजाइरहेका थिए, यता उनीहरूले नचाहेको सरकार बनिरहेको थियो। यो नेपाली जनताको सफलता हो। यो नेपालीपन र मनको सफलता हो। तसर्थ यो परिवर्तन चानचुने कुरा होइन । यसलाई हामी देश र जनताको हितमा प्रयोग गर्छौं ।

केपी शर्मा ओली, अध्यक्ष नेकपा (एमाले)

 

फेरिएको सन्दर्भमा हाम्रो भूमिका

– जनता खुसी छन्। किनभने सबै खालका घेराबन्दीहरूलाई तोडेर निर्वाचनमा जनताद्वारा प्रकट अभिमतको तुलनात्मक रूपमा सकारात्मक र सही प्रयोग भएको छ । अहिलेको शक्ति सन्तुलन, राजनीति स्वार्थ समूहको स्थिति, स्वार्थ केन्द्रित राजनीतिक प्रवृत्ति र आत्म केन्द्रित राजनीतिक प्रवृत्ति जस्तो छ, यस्तो अवस्थामा तुलानात्मक रूपमा श्रेष्ठ विकल्पको अगुवाई हाम्रो पाटीले गरेको छ । हाम्रो निम्ति यो खुसीको कुरा हो।

– मुलुकलाई अलोकतान्त्रिक, असंसदीय, असंबैधानिक र अनैतिक तरिकाले पाँचदलीय गठबन्धन सरकारद्वारा गलत बाटोतिर लगिराखिएको थियो। हामीले भनेका थियौं, ‘निर्वाचनपछि परमादेशी सरकारलाई हटाएर जनअभिमत बमोजिम सरकारलाई नयाँ ढङ्गले अघि बढाउनेछौं । गठबन्धनलाई पराजित गछौं ।’ त्यो काम हामीले सफलतापूर्वक गरेका छौं ।

हामी कहाँ आइपुग्यौं, अब जाने कहाँ हो ?

– हामीले जनादेशको सही व्याख्या र प्रयोग गरेका छौं । विभिन्न शक्तिहरूको भयानक षडयन्त्र, भ्रम, कुप्रचारको कारण यद्यपि यो जनादेश सही निकष्र्षमा पुग्न सकेन । जस्तो जनादेश आयो, त्यसका बीचमा सबै चक्रव्यूह, घेराबन्दी तोडेर जनताद्वारा प्रकट अभिमतको श्रेष्ठ विकल्पको प्रयोग भएको छ । जुन जनमत प्रकट भयो त्यसलाई सर्बाधिक सदुपयोग गर्न सफल भयौं । देशको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, लोकतन्त्र र संबिधानको रक्षा र सही कार्यान्वयन, त्यसको सही सम्बद्र्धनको पक्षमा सदुपयोग भएको छ ।

– यो सरकार हामी नेपालीहरूले बनाएको सरकार हो। मुख्य उपलब्धि यही हो। कांग्रेसले ‘वि विल कम व्याक’ भनेका छन्। ‘तर कहिले’ त्यो चाहिँ बताएका छैनन्। यस्तो परिस्थितिमा कम व्याक नहोला भन्न सकिन्न । तर उनीहरूले

‘एमाले सिद्धियो’ भनेर जेस्थापना गर्न खोजेका थिए, त्यो चाहिँअसफल बनाइदिएका छौं । एमाले सिद्धियो भनेर नगरा, झ्याली पिटिरहेका थिए, नरसिङ्गा बजाइरहेका थिए, यता उनीहरूले नचाहेको सरकार बनिरहेको थियो। यो नेपाली जनताको सफलता हो। यो नेपालीपन र मनको सफलता हो। तसर्थ यो परिवर्तन चानचुने कुरा होइन । यसलाई हामी देश र जनताको हितमा प्रयोग गर्छौं ।

– यो बेला हाम्रा जनसंगठनहरूको कामको असाधारण महत्व छ । नेपालमा जनसंगठनहरूको इतिहास पार्टीको इतिहास भन्दा लामो छ । हाम्रा जनसंगठनहरूको इतिहास ७५/७६ बर्षको छ ।

– यो पार्टी हावा–हुन्डरी, आँधीतुफान, चक्रवात अनेकले उखेल्न, फाड्न, माड्न खोजेर, अनेक भुइँचालाहरूले भत्काउन नसकेर यहाँ आइपुगेको छ । हामी अनेकौं प्रहारविरुद्ध लड्दै जुध्दै आएका छौं ।

– हाम्रा जनसंगठनहरूको समन्वय यो संयन्त्रले गर्छ । यसको अर्थ यसको अगुवाई एमालेले गर्छ, वैचारिक नेतृत्व एमालेले गर्छ, एमालेका कार्यकर्ताहरूले यसको नेतृत्व गर्छन्। एमालले तय गरेको बाटोमा यो चल्ने हो। आबश्यक मात्रमा सांगठानिक स्वायत्तताको साथ चल्ने हो। यो गन्तव्यतर्फ जानुपर्छ । बाजा एकातिर, गीत एकातिर, नाच एकातिर थप्पडी अर्कातिर जस्तो हुनुहुँदैन । एकीकृत हुनुपर्छ । उद्देश्य र लक्ष्यतर्फ केन्द्रित हुनुपर्छ ।

– नेकपा (एमाले) ले आज सबैको अगुवाई गर्नुपर्छ । कसले गरिदिन्छ ? होइन, नेकपा (एमाले) ले म गर्छु भन्नुपर्छ । कसले बनाउँछ ? भन्दा मैले बनाउन सक्छु भन्न सक्नुपर्छ । नेकपा (एमाले) का हरेक कार्यकर्ताहरूले ‘म गर्न सक्छु, म गर्छु’भन्न सक्नुपर्छ । त्यो भावना राख्नुपर्छ ।

– एमालेका कार्यकर्ता भनेको पार्टीका कार्यकर्ता मात्रै होइन, जनवर्गीय अर्थात्समाजका बिभिन्न वर्ग, पेशा, तह, तप्का र समुदायको बिभिन्न तहको मोर्चा हो। जो राष्ट्रिय मोर्चा हो। जो राष्ट्रिय जनमोर्चा हो। यसको विस्तार र सृदृढीकरण हुनुपर्छ । जहाँ तपाईंको वर्ग छ, जहाँ तपार्इंको समुदाय छ, जहाँ तपार्इंको पेशागत साथीहरू छन्, जहाँ तपाईंका व्यवसायका साथीहरू छन्, त्यहाँ तपाईं पुग्नुभएको छ या छैन ? केही बाँकी छ या छैन ? तपाईंले अन्तिम व्यक्तिसम्मलाई संगठित गर्न सक्नुपर्छ । संगठनलाई चलायमान र गतिशील बनाउनुपर्छ ।

– हाम्रो अहिलेको मुख्य काम संगठन विस्तार र चलायमान बनाउनु हो। आफ्नो वर्ग, समुदाय र पेशाका साथीहरूलाई संगठित र परिचालित गरौं । एक से एक कामको प्रतिस्पर्धा संगठनहरूका बीचमा होस्।

(एमाले अध्यक्ष ओलीले पुस २४२५ गते धुलिखेलमा सम्पन्न जनसंगठन सुदृढीकरण कार्यशालामा गर्नुभएको सम्बोधनको महत्वपुण अंश)