जनता टाइम्स

७ माघ २०७९, शनिबार १५:०६

हिमाल आरोहीको गाउँ बेदिङको पीडा सुनाउन ओली निवासमा आरोही टोली (फोटो फिचर)


काठमाडौं, माघ ७ । पर्वतारोहीको गाउँको नामले चिचिने दोलखाको गौरीशंकर गाउँपालिका ९ बेदिङका हिमाल आरोही टीम आफ्नो पीडा सुनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेका छन ।

हिमाल आरोही टोली आज अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पुगेर बेदिङको पीडा सुनाएका हुन । आरोही टोलीले आफूहरुको मुख्य समस्याका रुपमा सडक नपुग्नु रहेको भन्दै अध्यक्ष ओलीलाई माथिल्लो तामाकोशी जलबिद्युत आयोजना लामाबगरसम्म सडक पुगेकोले सोही स्थानबाट बेदिङसम्म सडक बिस्तारका लागि अध्यक्ष ओलीको ध्यानाकर्षण गराए ।

‘सडक नपुग्दा काठमाडौंमा ३० रुपैया पर्ने सामान बेदिङमा ३ सय पुग्यो, जस्को कारण गाउँ मात्रै रहने, मान्छे नबस्ने समस्या आउन थाल्यो, यस्का लागि सडकको बिस्तार गरिदिन आग्रह छ,’ टोलीले अध्यक्ष ओलीसँग भने ।

उनीहरुले अध्यक्ष ओलीलाई पर्यटकीय स्थल बेदिङमा धेरै संभावना रहेको तथ्य औल्याउँदै एक पटक आफ्नो गाउँमा आउन ओलीलाई निमन्त्रणा गरेका छन ।