काठमाडौं, माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
आफूलाई भेटन आउनु भएका तिलगगा अँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतसँगको कराकानीमा प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । प्रधानमन्त्री दाहाल र रुइतबीच बीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भेटवार्ता भएको हो ।
भेटमा डा. रुइतले तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालयका रुपमा विकास गर्न सरकारलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले पनि डा. रुइतको चाहना अनुसार विश्वविद्यालय बनाउन सहयोग गर्ने बताउनु भएको हो । ‘मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ’ भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।’
डा. रुइतले हालैमात्र बहराइन सरकारले प्रदान गर्ने इसा अवार्ड पाउनु भएको छ । प्रधानमन्त्री दाहालले यो सम्मानले नेपालको शीर उँचो राखेको भन्दै बधाई दिनुभयो । ‘यो अवार्डले देशकै सम्मान बढाएको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ’ प्रधानमन्त्री दाहालको भनाई थियो, ‘मानवीय सेवाका लागि तपाईको योगदानको कदर देशकै कदर हो ।’
प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सक्ने सम्भावना रहेको बताउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्